माओवादी केन्द्रको कार्यालय कब्जा

काठमाण्डौ , २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रको पार्टी कार्यालय कब्जा गरेको छ । मंगलबार साँझ पर्वतको सदरमुकाम कुश्माबजारमा रहेको कार्यालय कब्जा गरेर झण्डा गाडेको हो । संयुक्त पार्टी हुँदा निर्माण गरेको पार्टी कार्यालय अहिले माओवादी केन्द्र र क्रान्तिकारी माओवादीले प्रयोग गर्दै आएका थिए । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार स्थित लभ्लीडाँडामा रहेको उक्त पार्टी कार्यालय बेच्न लागेको भन्दै धौलागिरी व्यूरो ईन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ को नेतृत्वमा नेकपाका नेता–कार्यकर्ताहरुले कब्जा गरेका हुन् । कब्जा गरिएको घरमा ‘पार्टी कार्यालय बेच्न पाइँदैन’ वाल पेन्टिङ समेत गरेका छन् ।
पार्टी कार्यालय रहेको जग्गा व्यक्तिको नाममा रहेको भन्दै नेकपाले उक्त जग्गा संस्थागत गर्नुपर्ने माग समेत गरेको छ । उसले माओवादी केन्द्र र क्रान्तिकारी माओवादीले किनबेच गर्न लागेकाले आफूहरुले माओवादीको श्रम र लगानीलाई बचाउन कब्जा गरेको व्यूरो इन्चार्ज विप्लवले बताए ।