सप्तकोशीमा बाध बाध्न आउनेको टाउकोमा बम हान्ने चेतावनी

काठमाण्डौ , २२ भदौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले विकास बिरोधि तथा देश बेच्ने दलालहरुका बिरुद्ध टाउकोमा बम हान्ने चेतावनी दिनुएका छन । सप्तकोशी नदिमा उच्च बाध बाध्नबारे भारतसँग हालै भएको सम्झौता खारेज गर्न माग गर्दै बिहिबार सुनसरीको धरानमा नेकपा कोशी ब्युरोद्धारा आयोजित जनप्रदर्शनमा सम्बोधन गर्दै नेता बास्तोलाले सो चेतावनी दिदै कुनै हालतमा राष्ट्रघाती सम्झौता पालना हुन नदिने ठोकुवा समेत गरे । नेपाली भुभाग डुबाएर पानी र बिजुली लैजाने भारतीय योजनाका साथ उक्त राष्ट्रघाती सम्झौता भएको भन्दै उनले जबरजस्ती बाध बाध्न खोजीए हतियार उठाएरै प्रतिकार गरिने बताए ।
नेपालको सार्भभौम सत्ता तथा ब्यापारमाथिको भारतीय एकाधिकार अन्त्य नभएसम्म मुलुकमा विकासले गति नलिने नेता बास्तोलाले बताए । उनले भने – नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप , व्यापारमा एकाधिकार , नदीनालामाथिको कब्जा लगायतका कार्य नरोकिएसम्म मुलुकको विकास सम्भव छैन ।
नेपालका नेताहरुले पनि सत्ता र कर्सीको मोहमा परेर राष्ट्रघाती सम्झौताहरु गर्दै आएको भन्दै उनले अब देशी बिदेशी दलालका बिरुद्ध नेकपाले हतियार उठाएरै बिद्रोह गर्ने चेतावनी दिए ।
नेकपा कोशी व्युरोका ईन्चार्ज नविन कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई अरुढ तेस्रोको उद्घाटनमा आउन नदिने चेतावनी दिए । यसअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भ्रमणका क्रममा मोदीलाई अरुढ तेस्रोको उद्घाटनमा आउन निमन्त्रण दिनुभएको थियो ।
यस्तै कार्यक्रममा पूर्व सांसद किरण राईले दलाल र भ्रष्टहरुले निर्वाचनपछि झनै लुट मच्चाईरहेको भन्दै यो संसदीय ब्यावस्था खारेज गर्नुपर्ने बताए । उनले स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुले नै जनताबाट बिभिन्न बहानामा रकम असुल्ने तथा विकास निर्माणका नाममा भ्रष्टचार गरिरहेको तथ्यहरु बाहिर आउनुले पनि यो निर्वाचन असफल भएको प्रष्ट्याएके बताए ।
जलश्रोतविद् गोपाल सिवाकोटि (चिन्तन)ले सप्तकोशी बाध बाधिएमा भविश्यमा महाप्रलय निम्त्याउने र त्यसले नेपाल र नेपालीका लागी ठुलो विप्पती आउने भएकाले यो कुनै हालतमा बाध बाध्न दिनु नहुने बताए ।
नेकपाको केन्द्रिय जलश्रोत तथा उर्जा विभागका सदस्य रामप्रसाद विडारीले विगतमा पनि आफुहरुले सप्तकोशीमा बम हानेर सर्भे गर्न अ ाएका प्राविधिकलाई लखेटेको स्मरण गराउदै अब पनि त्यस्तै कार्य दोहोर्याउन बाध्य नपार्न चेतावनी दिए ।
कोशी बचाउ अभियान्ता गोपाल प्रसाद कोईरालाले अमेरीका लगायतका बिभिन्न बिदेशी विज्ञ तथा ईन्जिनियरहरुले नै सप्तकोशीमा बाध बाध्नु नहुने बताईरहेकाबेला भारतले चीन बिरुद्ध गतिबिधि गर्न बाध बाध्न खोजेको हुनसक्ने आशंका गरे । सप्तकोशी बाढी पिडित समाजका अध्यक्ष देवनारायण यादवले भारतीय जनता समेत यो बाधका बिरुद्धमा रहेको भन्दै नेपाली भुभाग डुवाउन र पानी नियन्त्रण गर्ने भारतीय योजना सफल हुन दिए भविश्यमा ठुलो क्षती व्यहोर्नु पर्ने बताए । देउवाको भारत भ्रमणका क्रममा समकक्षी मोदीसँग भएको ४८ बुदे सहमतीको २८ नम्बर बुदामा रहेको कोशी नदीमा उच्च ड्याम बनाउने सम्झौता भएको थियो ।