सिद्ध गुफा पुग्दा – ओमप्रकाश पुन

एसिया कै ठुलो गुफाको नामले परिचित तनहुकाे बन्दिपुर गाउँपालिका अन्तरगत पर्ने सिद्ध गुफा हेर्ने चाहना पहिले देखि नै थियो तर हेर्ने संयाेग नमिलेकोले चाहना अधुरै रहेको थियो । यसपटकको पार्टी संगठनकाे कामले गण्डक ब्युरोमा झण्डै दुई हप्ता बिताउनु पर्ने भएकोले लामो समय थाँती रहेकोे सिद्ध गुफा हेर्ने धाेका पुरा भयाे र त्यसले नेपालकाे प्राकृति सम्पदा प्रतिकाे थप ज्ञान पैदा पनि भयाे । त्यसकारण त्याे अबसर पैदा गर्ने हाम्रो पार्टीको गण्डक ब्युरो र त्यसमा पहलकदमि लिएर गुफा देखाउने तनहुँ निवासी तर पार्टी जिम्मेवारीमा लम्जुङका ईन्चार्ज निरु थापा, तनहुँ जिल्ला ईन्चार्ज पुर्णजित पुन उभार र सचिव गाेकुल पराजुली लगायत साथमा जानू हुने अन्य सबै युवा कमरेडहरुलाई धन्यवाद दिन चाहन्छु । गुफा अदभूत मेरो कल्पना भन्दा धेरै ठुलो र सुन्दर रहेछ । त्यसकारण म सबै हेर्न बाँकी मित्रहरुलाई एकपटक जसरी हुन्छ हेर्न अनुरोध पनि गर्दछु । गुफाको बारेमा सामान्य जानकारी पढेर वा सुनेर लिईएकाे थियो तर हेर्दा त्यसको यथार्तता राम्ररी बुझ्ने अबसर मिल्यो । यसकाे बिषयमा अलग्गै स्तम्भमा अलि बिस्तृत लेख्ने नै छु तर पनि प्रारम्भिक जानकारी गराउने उद्देश्यले याे सानो अालेख पस्कने जमर्को गरेको छु , किनकि त्यसले मेरा मनमा धेरै खुलदुली र उद्दलन पैदा गरेकाे छ ।
गुफा अत्यन्तै सामान्य र अस्वाभाविक ठाउमा छ । बाहिरबाट हेर्दा सामान्य लागेता पनि भित्र छुट्टै संसार र अदभूत काे संरचना र प्राकृतिक अाकृतिहरु छन् । मानव निर्मित जस्ता देखिने ती संरचना र गुफाको अाकृति हेर्दा कुनै बेला जंगली अवस्था काे ठुलो मानव समुदाय बसेकाे जस्तो अनुमान हुन्छ । भित्री भागमा बाटाेहरु, पानी र माथिल्लो भागमा हावा पासहुने भ्यान्टिलेशन जस्ताे रहेछ । याे गुफा पत्ता लाग्नु पहिले यसलाई स्थानीयले भालु अाेडार अझ त्यसमा पनि मगर भाषामा भालु मिम(भालुकाे घर) भन्ने रहेछन् र यसकाे माथिल्लो भागलाई बतास फुङ(मगरभाषामा हावा फुक्ने) भन्ने रहेछन् , जहाँबाट अहिले बिदेशीहरु डाेरिहालेर रक गरि झर्दा रहेछन् । याे जिल्ला मगर जातिकाे बाहुल्यता भएको जिल्ला हाे र पहिले यसकाे नजिकै मगरहरुले सिद्धकाे पुजा गर्ने रहेछन् । पछि याे गुफा हाे भन्ने कुरा २०४४ सालमा पत्ता लागेपछि यसकाे नाम सिद्ध गुफा राखिएकाे रहेछ । बन्दिपुरका दुर्गा बहादुर थापा मगर र बिदेशी शिक्षक वारेन्ट क्वाडर्स लगाएतले घुम्न जाने क्रममा २०४४ साल चैत १३ गते यसकाे पत्ता लगाएका रहेछन् । याे पत्ता लाग्दा याे भित्र थुप्रै माटा र धातुका भाँडाकुँडा ,भालुका दाँत र अन्य बहुमुल्य बस्तुहरु भेट्टिएका रहेछन् । ति बस्तुहरु राम्रो खालका तत्कालीन अञ्चलाधीश र सिडिअाेले लिएर गएका रहेछन् , केहि तस्करहरुले र केही बचेका सामान्य संग्रहालयमा राखिएको रहेछ । हामी यसको अवलोकन पछि जानकार स्थानीय जनतासँग पनि बसेर सामान्य अन्तरक्रिया गर्याै । जनताको भनाइमा पञ्चायत कालमा यसको धेरै अाम्दानी अञ्चलाधिस लगाएतका कर्मचारीले खाए भने हाल त्यसको अाम्दानी लालकाजी(कुमार )श्रेष्ठ लगाएतले राज्यकाे संरक्षणमा खाईरहेका छन् । जर्मन नागरिक हेलेनकाे पहलमा जर्मन दुतावास मार्फत करोडौं रकम अाउछ तर त्याे न गुफा संरक्षण मा प्रयाेग हुन्छ नत जनताकाे बिकासमा । त्यहाँको बहुमुल्य बस्तु पहिले गुफा हेरालुकाे रुपमा बस्ने माेतिमाया गुरुङ मार्फत जर्मनीको हातमा गएकाे र त्यसवाफत माेतिमायाकाे नाममा गुफाको पैसा अाउने तर त्याे कागजात लालकाजी श्रेष्ठले कब्जा गरि रकम खाईरहेकाे अनुमान जनताले गरेका छन् । अहिले पनि माेतिमायाले बिभिन्न खाले गुण्डा प्रयोग गरेर लालकाजि श्रेष्ठ बाट पटकपटक रकम असुल गर्ने गरेकाे र लालकाजिले पनि कुनै श्राेत बिना कराेडाैकाे घरजग्गा जाेडेकाे कुरा जनता र मिडियामा पनि अाईरहेकाे छ । पहिले लालकाजि कम्युनिष्ट भएको तर हाल त्यहीँ सम्पत्ति बचाउन शक्ति मा जाे पार्टी अाउछ उसकै पछि लाग्ने र जिल्लमा पनि एसपी सिडिअाे जाे अाउछ उसलाई भाेज र घुस खुवाउने गरेको खुलासा जनताले गरेका छन् । लालकाजि मार्फत पैसा खानेमा काँग्रेस , माके देखि बिजय गछ्छेदारकाे पार्टि सम्म भएकाे खुलन अाएकाे छ । । गुफाको रकम हिनामिनाकाे मुद्दा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय न्याय बिभागमा पनि बिचाराधिन छ । यश प्रकारकाे राष्ट्रिय सम्पदाको राज्यले सहि उपयोग गरेमा यहीँ गुफाको अाम्दानिले तनहु जिल्लामा ठुलो बिकास हुने देखिन्छ । तर भ्रष्ट कर्मचारी र बदमाश लालकाजि अनि बेसराेकार जनता भए मा यस्तो सम्पत्तिकाे दुरुपयोग सधै भैरहने छ । सबैलाई चेतना भया ।