मधेसीवादी दलबीच एकीकरण हुँदैन : उपेन्द्र

२०७० असार २७ गते, बिहीबार

काठमाडौं ,२७ असार। मधेशी पत्रकार संघले मधेसी जनअधिकार फोरम नेपालको कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले विचार र सिद्धान्त नमिलेको कारण आफ्नो पार्टी र तराई मधेश लोकतान्त्रिक पाटीबीच एकीकरण हुन नसकेको बताएका छन्।आफू पनि मधेसवादी दलहरुको बीचमा एकीकरण हुनुपर्छ भन्ने पक्षमा रहेको तर अनुहार हेरेर मात्र एकीकरण नहुने उनले बताए । यादवले भने -’मधेसवादी दलका नेताहरुमा जुन रवैया देखिएको छ त्यसले एकता होला जस्तो लाग्दैन । एकीकरणका लागि विचार र सिद्धान्तमा स्पष्ट हुनुपर्छ ।’ यद्यपि यादवले पार्टी एकीकरण नभएपनि चुनावी मोर्चाको सम्भावना रहेको बताए ।सरकारले आफूलाई सविधानसभा निर्वाचन विरोधीको रुपमा देखाउने प्रयास गरेको भन्दै अध्यक्ष यादवले आफूहरु चुनाव विरोधी नभइ सार्थक चुनावको पक्षमा रहेको बताए ।
पत्रकारले राखेको एक जिज्ञासामा पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री सलमान खुर्सीदसँग आफूले मर्यादाक्रम अनुसार नै भेटेको तर, पूर्व प्रधानमन्त्रीले मर्यादाक्रम विपरित भेटेको प्रतिकृया दिए । भेटका क्रममा मधेसी प त्रकार संघले ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]