लोहनी एण्ड ब्रदर्स कम्पनीका गाडीमा अागजनी
काठमाडौँ, ११ असोज । प्यूठानमा लोहनी एण्ड ब्रदर्स कम्पनीका गाडीमाथि अागजनी भएको छ । सल्यानको खलंगा-चुजाठाटी सडकखण्डमा राखिएको ना ३ ख १७८८ नम्वरको पानी ट्याङकरमा गएराति अज्ञात समुहले अागजनी गरेको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोखरेलका अनुसार बाटो छेउमा रोकेर राखिएको गाडीमा अागजनी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको पोखरेलले जानकारी दिए ।
लोहनी एण्ड ब्रदर्स कम्पनीले खलंगा-चुजाठाटी, चुजाठाटी-जोगिटारी मोटरवाटो निर्माणको ठेक्का लिएको छ । उक्त कम्पनीले सम्झौताअनुसार समयमा काम गर्न सकेन । थपिएको समयको म्याद २०७४ असारमा सकिएको थियो । बाटो निर्माण कार्य समयमा सम्पन्न नहुँदा बिजुली, रस्पुरकोट, चुजा, धरमपानिका जनताले दुःख पाएका छन् । निर्माण कार्य समयमै नसकेर विवादित बनेको लोहनी एण्ड ब्रदर्सका गाडीमा भएको अागजनीको कसैले पनि जिम्मा लिएको छैन ।