एउटा कचौराको मुल्य तीन करोड ८० लाख डलर !

काठमाडौँ, २० असोज । हङकङमा चुन ढुंंगाबाट बनेको एउटा कचौरा तीन करोड ८० लाख अमेरिकी डलरमा लिलाम भएको छ । चिनियाँ सांग राजवंशले प्रयोग गर्ने उक्त कचौरा लिलामीका क्रममा फोनमार्फत एक ब्यक्तिले किनेका हुन् । उनले आफनो परिचय गोप्य राखेका छन् । यो कचौरा एक हजार वर्ष पुरानो मानिन्छ । १३ सेन्टिमिटरको नीलो–हरियो रंगको कचौरा लिलामीका लागि १ करोड २० लाख डलरबाट शुरुवाती रकम तोकिएको थियो । २० पटकको बोल कबोलमा यो मूल्यमा बिक्री भएको हो ।
यसअघि चीनको राजबंशको समयको मदिराको एक प्याला ३ मिलियन अमेरिकी डलरमा बिक्री भएर रेकर्ड कायम गरेको थियो । – एजेन्सी