वैद्य माओवादीको राष्ट्रिय सम्मेलनमा विप्लवलाई आमन्त्रण

२०७४ आश्विन २२ गते, आईतवार

काठमाडौ, २२ असोज । नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलन सुरू भएको छ । सो राष्ट्रिय सम्मेलनमा देशभरबाट ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहेको क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ ले जानकारी दिएका छन् । आज मध्यान्ह १२ बजेदेखि राष्ट्रिय सम्मेलनको उद्घाटन हुनुअघि बसेको थियो । केन्द्रीय समितिबाट पारित अध्यक्ष वैद्यको मस्यौदा प्रस्तावमाथि सम्मेलनमा छलफल हुनेछ । वैद्यको प्रतिवेदनमाथि रामसिंह श्रीस र सीताराम तामाङले फरक मत राखेका छन् । अध्यक्षको प्रतिवेदनमाथि फरक मत राखिएपछि वैद्य माओवादीले पार्टीभित्र आन्तरिक बहस चलाउँदै आएको छ । सम्मेलनले नै उक्त बहसको टुंगो लगाउने बताइएको छ । उद्घाटन कार्यक्रममा क्रान्तिकारी माओवादीले देशका प्रमुख भनिने राजनीतिक दलहरुलाई वास्ता गरेको छैन । भने नेकपा, नेपाल मजदुर किसान पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र ऋषि कट्टेल नेतृत्वको नेकपालाई आमन्त्रण गरेको जानकारी प्रवक्ता कँडेलले दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]