राष्ट्रिय युवा जनसंयमसेबक कालिकोटको तेस्रो जिल्ला सम्मेलन सम्पन्न

काठमाडौ, २३ असोज । राष्ट्रिय युवा जनसंयमसेबक नेपाल कालिकोट जिल्लाकाे तेस्रो जिल्ला सम्मेलन यहि असोज २१ गते कालिकोटको रास्कोटमा सम्पन्न भएको छ। सम्मेलनले शितल विष्टको नेतृत्वमा २३ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा विष्णु वराल, सचिवमा महाजित थापा ‘थर्कमान’ र कोषाध्यक्षमा कमल चदारा ‘ अविचल’ निर्वाचित भएका छन । खुल्लासत्र २१ गते रास्कोटको आरसिपि वजारमा हजारौं जनताको उपस्थितिमा र वन्दसत्र २२ गते सम्पन्न भएको थियो। सम्मेलनमा संगठनका केन्द्रीय कोषाध्यक्ष मिना चलाउने ‘सरिता’, युवा संगठनका कर्णाली व्युरो संयोजक दिनेश, नेकपा कालिकोटका ईन्चार्ज समर, नेकपा कालिकोटका सेक्रेटरी . रणदिप लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।