मैले खानका लागि बाँच्नु छैन – डा. भगवानचन्द्र ज्ञवाली

मैले बाँच्नका लागि नौटङ्की गर्नु परेको छैन,
कैयौं वादशाह कठालामा समातेर घोडाबाट
सडकमा लडाइएका छन्,
मैले कसैको बुइ चढ्न लम्पसार पर्नु परेको छैन ।
गणेशहरू मुसामा चढेर लम्पसार पर्न स्वामीसामु
दौडिरहेछन् मैदानतिर र खेदी रहेछन् आफ्ना आफन्तहरू
मैले आफन्त सिद्ध्याउनु परेको छैन गद्दीनसीन हुन
बरु शङ्ख फुकेर भगीरथझैं
मुक्तिगङ्गालार्ई डो¥याइरहेछु मसानतिर
जहाँ गणेशहरूले मारेर गाडेका छन् आफन्तहरूलार्ई,
जङ्गबहादुरहरू आँसु बगाइरहेछन् मौन बसेर एकान्तमा,
जङ्गे पिलरहरूले उत्तरतिर बसाइसरेको देखेर ।
बुख्याँचाहरू जङ्गे पिलरका नयाँ डोबहरूमा
शिलान्यासको पूजा गरिरहेछन् भैंसीमाथि सवार भएर ।
मैले गधा चढ्नु छैन छिमेकीहरू
काला घोडामा दौडिरहेको देखेर दक्षिणतिर ।
मेरो सामान्य जीवनबाहेक विशिष्ट कुनै अभिलाषा छैन
बस्, कोखिलामा कैंची बोक्नेहरू र
सडकमा काँडा बिछ्याउनेहरूसँग
बच्नसके मेरो द्यौरालीको चौतारो धेरै टाढा छैन मबाट ।
हतियारसँग गर्धन साट्नेहरूका पङ्क्तिमा लामबद्ध भएको छु
मलार्ई गौरव छ मुक्ति गङ्गालार्ई डो¥याउन सकेकामा
कातिलहरूले लास चाँगेका मसान घाटसम्म ।
मैंले बाँच्नलार्ई नौटङ्की गर्नुपरेको छैन ।
मेरा बाजे भन्थे–स्यालहरू, मुसाहरू खानलार्ई बाँच्छन्,
मान्छेले बाँच्नलार्ई मात्र खानुपर्छ,
त्यसरी बाँच्नमा सार छ ।
मैले त्यसरी नै बुभरें र
धतीका कसिङ्गरहरू मिल्क्याउन पवित्र बाटो समातें ।
मलार्ई खानका लागि बाच्नु छैन ।
कपाल सेतै भएसम्म पनि म मुक्तगङ्गालार्ई हाँकिरहनेछु ।
त्योबाहेक मेरो अर्काे कुनै पिरलो र्छैन ।