३ दिनमा एक सय किलो सुन बिक्री !

२०७४ कार्तिक ६ गते, सोमबार

काठमाडौं, ६ कात्तिक । तिहारमा मनाइने धनतेरस लक्ष्मीपूजामा सुनचाँदी बिक्री ह्वात्तै बढेको छ । अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन (काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा)मा कारोबार अत्याधिक बढेको व्यवसायीहरुले बताएका छन् । सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा करिब एक सय किलो सुन र २१ सय किलो चाँदी बिक्री भएको छ । एक किलो सुनको मूल्य करिब ४८ लाख ४४ हजार रुपैयाँ पर्छ । जस अनुसार तीन दिनको अवधिमा ४८ करोड ४४ लाख रुपैयाँको सुन बिक्री भएको छ । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु