एन्टीस्नेक भेनमको अभाव

२०७४ कार्तिक ८ गते, बुधबार

काठमाडौं , ८ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताए । उनका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको दिन गाउँपालिका–२ गौरीटोल निवासी २५ वर्षीया शारदा थापाको सर्पको टोकाइले ज्यान गएको छ ।
यसैगरी, वडा नं २ कै २३ वर्षीय सेतु बुढा सर्पको टोकाइले अस्पताल भर्ना भएका छन् । उनको भारतको खटिमामा उपचार भइरहेको छ । सर्पको बिगबिगी बढेपछि पूरै गाउँ भयभित हुँदै आएको छ । अझै निरन्तर ठाउँठाउँमा विषालु सर्प देखिने क्रम जारी रहेको छ । बेल्डाँडीमा रहेको स्वास्थ्य चौकीमा सर्पदंशको औषधि एन्टीस्नेक भेनम नहुँदा उपचारका लागि सदरमुकाम महेन्द्रनगर वा धनगढी लैजानुपर्ने बाध्यताले गर्दा पनि सर्पदंश बिरामीले अकालमै ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । गाउँलेले यथाशीघ्र सर्पदंश उपचारका लागि एन्टीस्नेक भेनम औषधिको व्यवस्था गरी दिन माग गरेका छन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार