नेपाली खानालाई विश्वव्यापीकरण गर्ने तयारी

२०७४ कार्तिक ९ गते, बिहीबार

काठमाडौं, ९ कात्तिक । विश्वको ८० भन्दा बढी मुलुकमा फैलिएका नेपाली र तिनले सञ्चालन गर्ने नेपाली रेस्टुराँमार्फत रैथाने नेपाली खानालाई विश्वव्यापीकरण गरिने भएको छ । होटल संघ नेपाल (हान) लगायतका संस्थाहरुको पहलमा यो अभियान थालिने भएको हो । हानका अनुसार, हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक खानाको विस्तृत अभिलेख ३ महिनाभित्र तयार गर्न एउटा कार्यदल बनाइएको छ । कार्यदलले संकलन गरेको अभिलेखमध्येबाट २० मौलिक नेपाली खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण तयार पारिने भएको छ । आवश्यक सामाग्री, पकाउने विधिसमेत राखेर पुस्तक बनाई ग्लोवल वेबसाइट, एपलगायतका सामाजिक सूचना सञ्जालमार्फत सार्वजनिक गरिनेछ । छनोट गरिएका २० मौलिक नेपाली खानालाई नेपाल पर्यटन बोर्ड, नेपाली नियोगहरु लगायतका सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रवर्द्धन गरिने पनि हानले जनाएको छ । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु