बिर्तामोडमा कर्फ्यु कायमै

२०७४ कार्तिक ११ गते, शनिबार

काठमाडौं, ११ कात्तिक । सरकारले शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घट्नाका बारेमा छानबिन गर्न ४ सदस्यीय उच्चस्तरिय टोली झापा पठाउने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचीब बिरेन्द्रकुमार यादवको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, शसस्त्र प्रहरीका नायब महानिरीक्षक चीरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौड्ल सम्मिलित टोली आज झापा आउने गृह मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
टोलीले ७ दिन भित्रमा शुक्रबारको घटनाका बारेमा छानबिन गरी भविष्यमा यस्ता घट्ना हुन नदिन अपनाउनु पर्ने सुरक्षा सर्तकताका बारेमा समेत उल्लेख गरि प्रतिवेदन बुझाउने गृह मन्त्रालयले जानकारी दिएको छ । बिर्तामोडमा हिजो दिउँसो साढे १ बजे जारी भएको कफर््यु अहिले पनि जारी रहेको झापाका प्रमुख जिल्ला अधिकारीले ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
प्रजिअ तिवारीले दिएको जानकारी अनुसार स्थानीय प्रसाशन ऐन अनुसार कफर््युको समयलाई ब्यवस्थापन गर्न बिर्तामोड बजार क्षेत्रमा सेना समेत परिचालन गरिएको छ । अर्जुनधारा वडा नं. ११ का ११ बर्षिय लक्ष्मण शिवाकोटीको असोज १४ गते भएको शंकास्पद मृत्युको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका मृतक बालकका आफन्त र स्थानीयबासी र प्रहरीबीच बिर्तामोडमा झडप हुँदा प्रहरीको गोली लागि अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएका थियो भने दर्जनौ घाईते भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]