डेंगु परीक्षणमा बढि मूल्य नलिन आग्रह

२०७४ कार्तिक १२ गते, आईतवार

काठमाडौ, १२ कात्तिक । रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल ल्याब्रोटरी एशोसियशन नेपाल (मेलान) रुपन्देहीले बढि शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समय रुपन्देहीसहित यस क्षेत्रमा डेंगु रोगीहरु दैनिक रुपमा भेटन थालेपछि परीक्षण गर्ने सेवा ग्राही बढ्दै गएका छन् ।
मेलान रुपन्देहीका अध्यक्ष गुणानिधि खनालले प्रेस विज्ञप्ति जारी गरी डेंगु परीक्षण गरेको शुल्क रु एक हजार मात्र लिन पाउने गरी निर्णय भएको जानकारी गराए । उनले मेलानका पदाधिकारीसहितको बैंठकबाट रु एक हजारभन्दा बढि रकम डेंगु परीक्षणमा लिन नपाउने गरी निर्णय भएको बताए ।
साथै डेंगु परीक्षण गर्ने किटको अभाव भएको भन्ने हल्ला निराधार भएको र किट पर्याप्त मात्रामा रहेको जानकारी दिए । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मे सु डा कृष्ण खनालले हालसम्म १७० जना डेंगुका रोगी भेटिएको बताए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार