आज हरिबोधनी एकादशी

२०७४ कार्तिक १४ गते, मंगलवार

काठमाडौं, १४ कात्तिक । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउँदैछन् । पौराणिक कथाअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु जुराउनु हुँदैन । तर आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि अब उत्तम मानिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए ।
त्यस्तै भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआज गर्ने गरिन्छ । आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ । आजको दिन तुलसीको आयुर्वेद महत्वलाई समेत सम्झने गरिन्छ । आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]