‘वाम गठबन्धन , स्याललाई रंग दलेर बनाईएको बाघ जस्तै हो’

काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एमाले र माओवादीको गठबन्धन स्याललाई रंग घसेर बनाईएको बाघ जस्तो भएको बताएका छन । गए राति एभिन्युज टेलिभिजनमा दिईएको अन्तवार्तामा महासचिव विप्लवले एमाले सत्ताबाट बाहिर बस्नु पर्ने डरले र माओवादी आफ्नो अस्थित्व संकटमा पर्ने खतराका कारण बाध्य भएर यो गठबन्धन गरेको ठोकुवा गरे । जतिसुकै बाम वा कम्युनिष्ट भने पनि यसले संसदीय पुजीवादी व्यवस्था स्वीकार गरेका कारण यस्तो व्यवस्थाको मुख्य नेतृत्व काग्रेस नै हुने उनले बताए ।
कम्युनिष्ट भनेको बैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि लाग्नु पर्ने भनिए पनि उनीहरुले पूजीवादी ससदीय व्यवस्थामै सत्तामा हाली मुहाली गर्न यो गठबन्धन गरेको र त्यो कम्युनिष्टहरुको केन्द्र बन्न नसक्ने विप्लवको भनाई थियो ।
ससदीय व्यवस्थाको दलालीकरण र असफलता देखिदै गर्दा पूर्व राजाले पनि नेतृत्व लिने भनेर बोल्ने अवस्था आएको भन्दै समाजलाई अग्रगामी दिशामा लैजान, स्वाधीनताको रक्षा गर्न राष्ट्रवादी, लोकतन्त्रवादी र कम्युनिष्टहरु एक हुनु पर्ने उनले बताए । प्रचण्डलाई अहिले एमालेले काध हालेर थाम्नु पर्ने अवस्था आएको भन्दै उनले जनमुक्ति सेनाको ४ अर्ब रुपैया सहित थुप्रै मामलाहरु उनीमाथि क्लिन चिटको रुपमा किन दिईयो भन्ने प्रश्न गरे । अहिले पैसावालाले मात्रै प्रतिस्पर्धा गर्न पाउने र उनीहरु नै हाली मुहाली हुने खालको व्यवस्था आएको भन्दै उहाले जनताको असली प्रतिनिधित्व र व्यवस्था ल्याउन जनयुद्धको उत्कर्षको रुपमा लड्ने पनि बताए ।