बादलको बिचल्ली

काठमाडौं, १६ कात्तिक । पछिल्लो समय सभासद बनौला मन्त्रि हुला भनेर ठुलो भाग खोज्दै नेकपा माओवादी केन्द्रमा हाम्फाल्न पुगेका नेता रामबहादुर थापा बादल बिचल्लीमा परेका छन । बैद्य माओवादीलाई घात गर्दै आफ्नै नेतृत्वमा माओवादी केन्द्रमा हाम्फाल्न पुगेका नेता बादल आफुले माओवादी केन्द्रमा लिएर गएका कार्यकर्ताले संसद उमेद्वारको टिकट पाउने र आफुले नपाउने भएपछी बिचल्लीमा परेका हुन् । उनि निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित भएका छन् । उनको नाम समानुपातिको सुचीमा समेत छैन् । माओवादी केन्द्रमा शीर्ष नेतामध्ये सांसद बन्न नपाउने बादल मात्रै हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन, जनार्दन शर्मा, पम्झा भुसाल, हरिबोल गजुरेल, अग्नि सापकोटा, मणि थापा, मातृका यादव र जयपुरी घर्ती लगायतका नेता उम्मेदवार छन् ।
पुर्व रक्षामन्त्री समेत रहेका बादलले चितवन २ बाट चुनाव लड्ने रहर गरेका थिए । चितवनबाट चुनाव लड्नेमा सहमती नबनेपछि उनलाई नवलपुरबाट चुनाव लड्ने प्रस्ताव गरेपनि बादलले अस्विकार गरेको बुझिएको छ ।
अन्तिममा काठमाडौं १० बाट चुनाव लड्ने चर्चा पनि बादलको चलेको थियो । चितवनमा पोखरेललाई टिकट नदिए प्रचण्डले चुनाव हार्न सक्ने सुझाव प्रचण्ड निकट नेताहरुले दिएपछि चितवन २ एमालेलाई छोड्न प्रचण्ड सहमत भएको बुझिएको छ । प्रचण्डले बादललाई काठमाडौं १० बाट लड्न प्रस्ताव गरेका थिए । तर,त्यहा पनि बादललाई अप्रत्याशित रुपमा पछि हटाएर माओवादीका अर्का नेता हितमान शाक्यलाई टिकट दिएपछि उनको प्रत्यक्षमा चुनाव लड्ने सम्भावना लगभग सकिएको छ । समानुपातिक सूची सच्याउने अवधि सकिइसकेको र प्रत्यक्षमा निर्वाचन लड्ने क्षेत्र बांकी नरहेका कारण अब बादल उम्मेदवार बन्ने सम्भावना प्रायः समाप्त भएको छ ।