प्रदेशसभा उम्मेदवारको घर कब्जा

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी, भोजपुरले प्रदेशसभा उम्मेदवार गोविन्द कार्कीको घर कब्जा गरेको छ । यस बिषयमा भोजपुरका सेक्रेटरी मादेनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएकोे छ – ‘संसदीय व्यवस्थाको प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचनलाई खारेज गर्ने कार्यक्रमअनुसार यही कात्तिक ८ गते सम्पूर्ण उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिन विज्ञप्ति मार्फत अनुरोध गरिएको थियो । हाम्रो अनुरोधलाई बेवास्ता गरेको हँुदा आजकै मितिबाट प्रदेशसभा उम्मेदवार गोविन्द कार्कीको घर कब्जा गरिएको सबैमा जानकारी गराइन्छ ।’