नेकपाका नेता तथा कार्यकर्तामाथि प्रहरी ज्यादती

काठमाडौं, २४ कात्तिक । नेपाल प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको घरघरमा छापा मार्ने र गिरफ्तार गर्ने कार्य सुरु गरेको छ । सोहि क्रममा घर भेटघाटमा रहेका नेकपा रसुवा सेक्रेटरीलाई प्रहरीले विहीबार मध्यराति गिरफ्तार गरेको छ । प्रहरीले धादिङको सिद्धालेख कुम्पुर र नलाङमा धरपकड गरेको क्रममा सेक्रेटरी चेरुङ तामाङलाई गिरफ्तार गरेको हो । नेकपा धादिङका अनुसार तामाङसँगै धादिङ जिल्ला सदस्य मोहन घलेलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
यसैगरी , प्रहरीले बिहिवार साझ सुनसरीबाट मात्रै ६ जना नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । सुनसरी नयाँ बस पार्क जिल्ला सदस्य तथा ईनरुवा नगरपालीकाको सेक्रेटरी लक्षमण कार्की र युवाका जिल्ला अध्यक्ष रोशन ढकाल लाई साझ पक्राउ गरेको छ ।
यस्तै राति ८ बजेतरि नेकपाको केन्द्रयि जलश्रोत तथ उर्जा विभागका सदस्य रामप्रसाद किरातिलाई पन िनियन्त्रणमा लिएको छ । उनलाइ जनता बस्ती इटहरी आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो । यसअघि आजै हस्पिटलबाट उपचारका क्रममा तीन जना नेता पक्राउ परेका थिए ।