‘सरकार निरङ्कुश बन्दैछ ‘

२०७४ कार्तिक २४ गते, शुक्रबार

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार निरङ्कुशरुपमा प्रस्तुत हुन थालेको ठोकुवा गरेका छन । उनले मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बुलाई प्रहरीले अस्पतालको शैयाबाटै गिरफ्तार गरेपछि दलाल संसदीय व्यवस्था सम्हालिरहेको सरकार लोकतन्त्र र मानव अधिकारको ढोल पिट्दै निरङ्कुश रुपमा प्रस्तुत हुन थालेको भन्दै सो ठोकुवा गरेका हुन् । उनले संसदीय व्यवस्थाको अन्त गरी वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्प प्रस्तुत गर्नु नेपाली जनताको मौलिक अधिकार भएको बताएका छन । साथै उनले सन्तकुमार लिम्बुलगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विनाशर्त रिहाईको माग समेत गरेका छन ।
यस बिषयमा नेता सुदर्शनद्वारा जारी गरिएको विज्ञप्तिको पूर्णपाठ यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

[anycomment]