गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहाइ गर्न माग

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं, २८ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी गण्डकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नेता कार्यकर्ताहरु पक्राउ गरिएकोमा आपत्ति जनाउदै तत्काल बिनासर्त रिहाइको माग गरेको छ । पार्टी गण्डककी व्युरो प्रमुख सावित्रा दुरा आस्थाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा दलाल राज्यको गृह प्रशासनले कथित चुनाव सफल पार्ने नाउमा गण्डक ब्युरो अन्तरगतका कास्की,गोर्खा र लमजुङवाट पार्टीका नेता कार्यकर्तालाई विना कारण गिरफ्तार गरेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। शान्तिपुर्ण विचार अभिव्यक्ति माथि नै रोक लगाउने गरि फासिवादि शैलीमा लमजुङका पार्टी सचिव सन्तोष कोइराला लगाएत टेकतारा बोहोरा, गोबिन्द, गोरखाका पार्टी जिल्ला सदस्य विशाल गजुरेल,भरत कोइराला,अनिल कुमाल,युवा जन स्वयमसेबकका जिल्ला सदस्य भोला,भेघराज कुमाल,पार्टी सदस्य राजन भट्ट,कास्कीका विधार्थी नेता काजी गुरुङ,सुनिल कुमाल,जिल्ला सदस्य रामकाजी गुरुङ,विजय अधिकारी,सन्तोष परियार,पार्टी सदस्य दिपक गुरुङ,सन्तोष लिम्ब,ु लेख गुरुङ,रविन्द्र थापा,राम बहादुर राई,सोबित मगर,सागर परियार लगायतलाई तत्काल रिहाइको माग गरेको छ ।
कथित लोकतन्त्रको नाममा संसदवादी दलालहरुले करौडोको पैसा खर्च गरेर ,गुण्डा प्रयोग गरेर जनताको धन र बलको आडमा त्रास देखाएर चुनाव प्रचार प्रसार गर्ने तर हम्रो पार्टीले देश र जनताको हितमा आफ्नो विचार अभिव्यक्त गर्न समेत नपाउनु निन्दनिय कार्य हो। हामी दलाल राज्यलाई यस प्रकारको फासिवादी दमन कार्य रोक्न र हाम्रा निर्दोश नेता कार्यकर्ताको तत्काल रिहा गर्न माग गर्दछौ ।
यदि यसलाई वेवस्ता गरि दमनलाई बढाउदै गएमा पार्टीले त्यसको सशक्त वहिष्कार गर्न वाध्य हुनेछ । त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम राज्य हुने चेतावनी दिन चाहान्छौ । साथै हाम्रो लडाई जनताको राजनैतिक अधिकार सङ्ग जोडिएकोले यसमा कोही पनि आग्रह र पुर्वाग्रह नहुन पनि आग्रह गर्दछौ । यो चुनाव देश र जनताको हितमा छैन । यसले देश र जनताअलाइ पराधिनता र दासता तिर नै लानेछ तसर्थ सचेत नागरिकले यसलाई शसक्त बहिष्कार गर्न र हाम्रो सिंगो पार्टीपंक्ति यसलाई शसक्त खारेजी अभियानमा होमिन आह्वान गर्दै दलाल पुजिवादी संसदिय व्यवस्थाको फासिवादी दमनबाट कोही पनि नआतीकन शान्ति संमृदि, विकास,समानता र स्वाधिनताको लागी वैज्ञानिक समाजबाद स्थापना गर्न एकिकृत जनक्रान्तिको बाटोमा दृढता पुर्वक लामबद्द हुन हामी हार्दिक अपिल गर्दछौ। ‘

प्रतिक्रियाहरु

[anycomment]