प्रभाकरमाथि जुत्ता प्रहार

काठमाडौं, ३० कार्तिक । नेकपा माओवादी केन्द्रका नेता तथा रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा प्रभाकरलाई सहिद परिवारले चप्पलले हानेका छन् । चुनावी प्रचारको क्रममा बुधबार बाफिकोटमा अायोजित चुनावी सभामै सहिद परिवार निर्मला खड्काले नेता प्रभाकरमाथि अाफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन् । विना विभागीय मन्त्रि समेत रहेका प्रभाकरले सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले विहीबार अपरान्ह बाफिकोट गाउँपालिकाको नेटामा अाफ्नै खुट्टाको चप्पल निकालेर हानेको बताइएको छ ।
जनयुद्धमा सुराकी गर्ने एमालेसँग एकता गरेर सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले चप्पल हानेपछि वाइसिएल कार्यकर्ताहरले निर्घात कुटपिट गरेका छन् । चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई माओवादी केन्द्र निकट वाइसिएलले निर्घात कुटपिट गरेका छन् ।
वाइसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमामा राखेको बताइएकाे छ । रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत जिल्लाका शहिद परिवारलाई फर्केर नहेर्ने तर चुनावको बेला मात्रै गाउँ-गाउँ पुगेर भाषण छाट्ने निहथत्थामाथि कुटपिट गर्ने भन्दै स्थानीय आक्रोसित भएका छन् । बाफिकोट जनयुद्धकालमा जिल्लाकै सबै भन्दा बढी शहिद भएको गाउँपालिकामा पर्दछ ।