नेकपाका सयौ कार्यकर्ता गिरफ्तार

काठमाण्डौ , २ मंसिर । निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टीमाथिको धरपकड तिब्र बनाएको प्रहरीले हालसम्म सयौ नेता कार्यकर्ता गिरफ्तार गरिसकेको छ । चुनाव खारेजी अभियानमा रहेको नेकपाका नेता कार्यकर्ता , जनबर्गिय सङगठन तथा सुभचिन्तक सम्मलाई प्रहरीले गिरफ्तार गरिरहेको छ । प्रहरीले उपत्यकासहित देशभरबाट नेकपाका नेता कार्यकर्तामाथि निगरानि तथा गिरफ्तारका श्रृखला तिब्र बनाउदै लगेको हो । अहिलेसम्म एक सय ८९ जना नेकपा नेता कार्यकर्ता पक्राउ गरिसकेको प्रहरी प्रवत्ता मनोज न्यौपानेले जानकारी दिए । कार्तिक ९ गते यता दाङबाट २० , कास्कीबाट १८ , रुकुमबाट १७ ,बर्दीयाबाछ ९ ,गोरखा , ताप्लेजुङ पाचथरबाट आठ ÷ आठ जना , बैतढीबाट ५ र उपत्यकाबाट ४ जना पक्राउ गरेको उनले बताए ।
त्यस्तै अहिलेसम्म प्रहरीले समाचार लेखेकै भरमा ४ जना पत्रकारलाई पनि गिरफ्तार गरेको छ । जसअन्तरगत पदमप्रसाद पोख्रेल , जयेश्वर आचार्य ,जितेन्द्र महर्जन र खेम थपलिया रहेका छन् । यस्तै प्रहरीले शिक्षक तथा कर्मचारीलाई पनि गिरफ्तार गरेको छ भने घाईते तथा बिरामि नेकपा कार्यकर्ताहरुलाई अस्पतालको बेडबाटै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका अधिकाशं नेकपा नेता कार्यकर्तालाई मुद्धा चलाईएको प्रहरी प्रवत्ता न्यौपानेले जानकारी दिए ।
उता नेपाल कम्युनिष्ट पार्टीले भने शान्तिपूर्ण राजनितिक ष्गतिबिधिमा रहेका बेला पार्टी कार्यकर्ता , समर्थक तथा सुभचिन्तकमाथि धरपकट गिरफ्तारी गरेको भन्दै तिब्र बिरोध जनाएको छ । नेकपाका जबस इन्चार्ज जिवन्तले बिना कारण नेता कार्यकर्तालाई गिरफ्तार गर्ने , मध्यरातमा घर घरमा गएर परिवारलाई मानसिक यातना दिने , घाईते तथा बिरामि कार्यकर्तालाई उपचारकै क्रममा अस्पतालबाट गिरफ्तार गर्ने जस्ता कार्य निन्दनीय भएको भन्दै यस्तो कार्य बन्द गर्न आग्रह गरे । उनले गिरफ्तार सबै नेता कार्यकर्तालाई बिना सर्त रिहाई गरि यस्तो बन्द गर्न आग्रह गर्दै उहाँले गिरफ्तारका श्रृखला दोहोर्याएर आफुहरुलाई प्रतिकारमा उत्रन बाध्य नपार्न पनि चेतावनी दिए ।