गजल – अम्बिका भण्डारी

छुपु र छुपु दर्मालि खेत रोपेको सम्झिए ।
खाजाको पोको बाटैमा कष्टै पोखेको सम्झिए ।
आसी र नाम्लो लिएर सधै मेला पातमा ।
छिदेको नाम्लो पारेर गाठो बोकेको सम्झिए।
बन र जङगल ओरी र परि पाखा र पखेरा ।
हरेऊ र आधो सर्पले आैया टोकेको सम्झिए।
बिर्सिए होला याबत कुरा सम्झनै गाह्रो भो ।
फाटेको चोलि राखेर टालो छोपेको सम्झिए ।
– ढिकुर पोखरी ४ अन्नपूर्ण २
हाल पोखरा ५