राष्ट्रिय राजनीतिको विशिष्ट मोड : आमने सामने दुई विपरित रणनीति – समीर यात्री
आज देश गृहयुद्धको भयानक संघारमा उभिएको छ । नयां- पुराना दलाल संसदवादी कुपमण्डुपहरु यतिवेला नेपाली जनताको मुतिm, शान्ति र समृिद्धको क्रान्तिकारी आकांक्षामाथि प्रतिक्रान्ति लाद्दै देशलाई वलजफ्ति गृहयुद्धमा धकेल्दैछन । जनघात, राष्ट्रघात र भ्रष्टाचारलाई संस्थागत गरेर देशलाई लुटदै आएका यी दलाल संसदवादीहरु जनतावाट अस्विकृत र वहिस्कृत हुदै जान थालेपछि अस्तित्व रक्षाको छटपटिले अत्तालिदै गएका छन । र, आफनो संकट टार्न राज्यशतिmको चरम दुरुपयोग गर्दै क्रान्तिकारी पार्टीका नेता, कार्यकर्ता र जनसमुदायमाथि वहुलट्ठिपुर्ण दमनमा उत्रिएका छन ।
विश्वकै सर्वोत्कृष्ट भनेर दावा गरिएको दलाल संसदवादीहरुको संविधानले समेत चुनावमा भाग नलिने वा भोट नहाल्ने अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । त्यसै गरी शान्तिपूर्ण विरोध, सभा, सम्मेलन गर्न पाउने राजनीतिक अधिकारलाई प्रत्याभूत गरेको छ । तर आफुलाई लोकतन्त्रका ठेकेदार ठान्ने यी दलाल संसदवादीहरुले आप्mनै संविधानको धोती लगाउदै निर्लज्जतापूर्वक जनताको अधिकार खोस्दै गैरहेका छन ।
फासिवादको अभ्यासमा दलाल संसदवादीहरु ः
चुनाव खारेजीको शान्तिपूर्ण अभियानमाथि हस्तक्षेप गरिएको छ । सामना परिवार लगायत देशैभरिका सांस्कृतिक टोलीका कार्यक्रममाथि दमन र धरपकड गरिएको छ । संकटकालको झल्को दिनेगरी लेखक ,साहित्यकार, पत्रकार, अधिकारकर्मी र सर्वसाधारणलाई गिरफतार गरिएको छ । घर घरमा छापा मार्ने र गाउंवस्तिमा वन्दुकको घेरावन्दी गरेर राज्यातंक मच्याइएको छ । नेपाल कम्युनिष्ट पार्टीले हतियार उठाएको छैन, युद्धको घोषणा पनि गरेको छैन । संविधान प्रदत्त अधिकार प्रयोग गर्दै निर्वाचन खारेजीको शान्तिपूर्ण अभियान संचालन गरेको मात्र हो । जहां दमन हुन्छ, त्यहि प्रतिरोध अनिवार्य वन्छ । शान्तिपूर्ण अभियानमाथि दमन र हस्तक्षेप गरिएपछि नेपाल कम्युनिष्ट पार्टीले प्रतिरोधका लागि आहवान गर्याे । जनताले विभिन्न रुपमा राज्यातंकको डटेर प्रतिरोध गरिरहेका छन । यसवाट उत्पन्न परिस्थितिको जिम्मेवारी दलाल संसदवादीहरुले लिनै पर्छ ।
यदि दलाल संसदवादीहरुले शान्तिपूर्ण ढंगले चुनाव गर्न चाहन्छन भने नेकपामाथिको दमन वन्द गरिनुपर्छ । जनतामाथि लादिएको राज्यातंक रोकिनु पर्छ । र, गिरफतार गरिएकालाई यथाशिघ्र रिहा गर्नुपर्छ । नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण रुपले चुनाव खारेजी अभियान चलाउन दिनुपदर्छ । चुनाव खारेजी पनि शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाकै एउटा रुप हा्े । दलाल शासकहरु, सक्छौ भने वालिग नागरिकहरु सवै राजीखुशीले चुनावमा सहभागि हुने गरी विश्वास जितेर आउ, होइन भने तिमीहरुलाई देश लुटने लाईसन्स प्रदान गर्नका लागि अव नेपाली जनता तिम्रो वन्दुकको कहर व्यहोर्नुपर्ने विवशतालाई स्वीकार गर्ने अवस्थामा छैनन भन्ने .कुरा समयमै वुझनु तिमीहरुको हितमा हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टीले कुनै विध्वंशात्मक गतिविधि गरेको छैन । यस वीचमा जे जति जनप्रतिरोधका कार्वाही भएका छन ती सवै राज्यांतंक र दमनका विरुद्ध अभिव्यतm जनआक्रोस मात्र हुन । यस अर्थमा के देखिन्छ भने नेपाली जनता संसदवादीहरुको पक्षमा छैनन । तिनको चुनावी नौटंकीप्रति जनताको भरोसा र विश्वास पटक्कै छैन । यो स्थितिवाट अत्तालिएका दलाल शासकहरु फासिवादी दमनमार्फत राज्यतांक मच्चाएर वन्दुकको मोहरीभित्र चुनावी गर्जो टार्न चाहन्छन । तर आफ्नै विगतवाट सिक्न नसक्ने वहुलट्ठिपूर्ण दृष्टिदोषका कारण यी दलाल संसदवादीहरुले आफनै चिहान खनिरहेको तथ्य कहिल्यै वुझदैनन । यही नै प्रतिक्रियावादीहरुको अनिवार्य अवसानको आधार वन्दछ ।
दलाल संसदवादीहरुको मोर्चावन्दी :
यतिवेला कांग्रेस, एमाले, र माके नामका संसदवादी दलालहरु एउटै सारतत्वका दुई विपरित गठवन्धनमा देखा परेका छन । साम्राज्यवादी शतिmकेन्द्रहरुद्धारा निर्मित र परिचालित यी दुई विपरित जस्ता लाग्ने सहवर्गिय गठजोड पुरानै अनुहारका नयां भेष मात्र हुन । कांगे्रस नेतृत्वको लोकतान्त्रिक गठवन्धन इण्डो— अमेरिकी डिजाइन र वाम नामको एमाले—माके गठवन्धन इण्डो—युरोपियन डिजाइनका उत्पादन हुन । अमेरिकी र युरोपिएनहरुको नेपालमाथिको स्वार्थजनित रणनीति आ—आफ्नै किसिमको रहेपनि उनीहरु नेपालको राजनीतिक मामलामा भारतलाई वाईपास गरेर आउन सक्ने अवस्था छैन किनकि नेपालको राजनीति मुलतः संसदवादी राजनीति लामो समयदेखि दिल्ली डिक्टेड रहदै आएको छ । यो पृष्ठभूमिमा अमेरिकी र युरोपियन डिजाइनमा नेपालको दलाल संसदवादी राजनीतिको मोर्चावन्दीमा दिल्लीको डवल स्टाण्ड स्वभाविक वन्न गएको छ ।
यसका दुई वटा उदेश्य रहेको देखिन्छ । पहिलो, नेपाली समाजको वाम जनमत र गैरवाम जनमतलाई आमने सामने कित्तावन्दीमा उतारेर चुनावी माहौल सिजर्ना गर्ने । दलाल संसदवादी राजनीतिवाट वाक्कदिक्क भैसकेका, वर्षाैदेखि चुनावी आश्वासनवाट ठगिदै आएका जनतालाई फेरि पनि चुनावकै नौटंकीतिर घिसार्नका लागि केही न केही चटक देखाउनुपर्ने वाध्यता संसदवादीहरुको सामु आइलाग्यो । नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा चुनाव खारेजी अभियान सशतm वन्दै गएपछि दलाल संसदवादीहरुको लागि यो ठुलो चुनौति वन्न पुग्यो । यसवाट आतंकित पुरानो सतmाका पहरेदार संसदवादीहरु गठवन्धनको चटक वोकेर आएका हुन ।
दोस्रो, आजको कर्पाेरेट पंूजींवादद्वारा संचालित दलाल संसदबादी राजनीतिको चरित्र दुई दलिय अधिनायकवादतर्फ अभिमुख हुदै गइरहेको छ । यो आजको साम्राज्यवादद्वारा निर्देशित राजनीतिको चरित्र हो । आजको गठवन्धनको अभ्यास यसै दिशातर्फको प्रयत्न हो । प्रतिक्रान्तिद्वारा नेपाली जनतामाथि वलात् लादिएको पुरानै संसदवादी सता सुदृढ गर्ने उदेश्यमा यो प्रयत्न आधारित छ ।
संसवादीहरुको गंजडी गफ :
सहवर्गीय गठवन्धनको एउटा कित्ताले कम्युनिष्ट हाउगुजीको ढ्यांग्रो ठटाउदै .लोकतन्त्रको भजनकिर्तन गर्र्दैछ भने अर्काे कित्ताले समाजवादको स्यालहुईया मच्चाउदैछ । वास्तविकता के हो भने यी दुवै गठवन्धन कर्पाेरेट पूंजीवादका नेपाली कारिन्दा हुन । कर्पाेरेट पूंजीवादका कारिन्दाहरुवाट न वास्तविक लोकतन्त्रको स्थापना र नेतृत्व हुन सम्भव छ, न त समाजवाद स्थापनाको परिकल्पना गर्न नै सकिन्छ । यस्तो स्थितिमा उनिहरुको लोकतन्त्र र समाजवादको स्यालहईुया गँंजडिको गफ वाहेक अरु केहि हुन सक्दैन ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनले भन्ने गरेको लोकतन्त्र आजको दलाल पूंजीवादको राजनीतिक व्यवस्था यही दलाल संसदवादी गणतन्त्र नै हो, यसमा थप छलफलको आवश्यकता नै रहेन । तर वाम गठवन्धको नाममा चटक देखाइरहेका एमाले माके समुहले भन्ने गरेको समाजवाद चुनावी वैतरणी पार गरेर सत्ताभोगको आकांक्षा पुर्ति गर्ने एउटा झुठको पुलिन्दा मात्र हो । क्रान्तिको सिद्धान्त र विचारवाट च्युत भएर सामा्रज्यवादको वफादार नोकरको रुपमा पतन भइसकेका यी भ्रष्ट समुहहरुले समाजवाद निर्माण गर्नेछन भन्ने कुरामा विश्वास गर्नु आफैमा मुर्खता मात्र हुनेछ । किनकि समाजवाद निर्माणकोे बाटो दलाल संसदवाद होइन, महान क्रान्तिको वाटो हो । साम्राज्यवादलाई रिझाएर समाजवाद आउंदैन । क्रान्तिकारी पार्टीका नेता, कायकर्ता र जनतामाथि दमन, हत्याकाण्ड र राज्यांतक मच्चाउने प्रतिक्रान्तिकारी संसदवादीहरुको यस्तो भुलभुलैयालाई चकनाचुर पारेर मात्र वास्तविक अर्थमा समाजवादको वाटोमा अघि वढन सकिन्छ ।
आजको कथित निवाचनको नौंटंकी दलाल संसदवादीहरुको लागि जीवनमरणको प्रश्न वनेको छ । एकातिर पुष्पकमलहरुको आत्मसमर्पणसंगै पछाडी धकेलिएको नेपाली क्रान्ति प्रक्रिया क्रान्तिकारीहरुको कष्टसाध्य मेहनतवाट पुनसंगर्ठित हुदै गएको र अर्काेतिर दलाल संसदवादीहरुद्धारा देशमा पुरानै सत्ता र संविधान लाद्ने चुनाव हुदै गरेको दुई विपरीत रणनीति यतिवेला आमने सामने हुन पुगेका छन । यस अर्थमा यो निर्वाचन प्रतिक्रान्तिलाई संस्थागत गर्ने उदेश्यमा आधारित छ । साम्राज्यवादी डिजाइनमा आधारित यो रणनीतिले दलाल संसदवादीहरुको स्वार्थको प्रतिनिधित्व गर्दछ । यस अर्थमा यो निवार्चन राष्ट्र, जनता र क्रान्तिको हित विरुद्ध परिलक्षित छ । नेपाल कम्युनिष्ट पार्टीले यो दलाल संसदबादी निर्वाचन खारेज अभियान संचालन गर्नुको अर्थ, औचित्य र महत्व यहिनेर छ । यो प्रतिक्रियावादी सत्ताको संसदवादी निर्वाचनलाई खारेज गरेर वैज्ञानिक समाजवादको वाटोमा अघि वढनु नै सबै देशभक्त नागरिक र क्रान्तिकारीहरुको रणनीति हो ।
.