संविधान प्रदत्त अधिकारमाथि बन्देज नलगाउ
पछिल्लो समय सरकारले शान्तिसुरक्षाको बहानामा शान्तिपूर्ण विरोधलगायतका कार्यक्रममाथि दमन गर्ने गरेको समाचार सार्वजनिक भइरहेका छन् । आपूmलाई लोकतान्त्रिक बताउने सरकारले संविधान प्रदत्त जनताका मौलिक हक अधिकारमाथि बन्देज लगाउनु आफैँमा घृणित र लज्जाजनक कार्य हो । जनताको मौलिक हक र अधिकारमाथि बन्देज लगाएर लोकतन्त्र बलियो हुन सक्दैन । यस विषयमा सरकारले हेक्का राख्नु जरुरी छ । त्यस्तै पछिल्लो समय सरकारले आस्थाकै कारण दर्जनौँ पत्रकार गिरफ्तार गरेको छ । जुन ज्यादै निन्दनीय छ । सरकारले पत्रकारमाथि धरपकड, मानसिक यातना र गिरफ्तारी गरेर लोकतन्त्र र संविधानको खिल्ली उडाएको छ । जुन कार्यको चौतर्फी आलोचनासमेत भइरहेको छ । तसर्थ, सरकारले यस्ता निन्दनीय र घृणित कार्य गर्न तत्काल बन्द गर्नुपर्छ । जनतालाई संविधान प्रदत्त हक र अधिकारको प्रयोगमाथि यो या त्यो वहानामा बन्देज लगाउन पाइँदैन । सरकारले तत्काल आफ्नो रबैया सुधार्नु आवश्यक छ । अन्यथा, निरङ्कुश राजतन्त्रलाई धुलो चटाउने स्वाभिमानी नेपाली जनताले लोकतन्त्रको खोल ओढेर आफुमाथि निरङ्कुशता लाद्ने दल र नेतालाई पक्कै त्यतिकै छाड्ने छैनन् । तसर्थ, पछिल्लो समय निर्वाचनको वहानामा शान्तिपूर्ण विरोध गर्दा गिरफ्तार गरिएका र आस्थाकै कारण पक्राउ परेका र भूmठा मुद्दामा फसाइएकाहरुलाई तत्काल बिनासर्त रिहा गर्नुपर्छ । अन्यथा सरकार र संविधानप्रति आमजनताको विश्वास टुट्न सक्छ । जनताको विश्वास टुटेपछि लोकतन्त्र दलदलमा फस्ने छ । लोकतन्त्र नै खतरामा परे आफुलाई लोकतन्त्रको ठेकेदार मान्ने र ठान्ने दल र नेताको भविष्य के होला ? त्यो भनिरहनुपर्ने विषय होइन, चेतना भया ।