रामेछाप र लम्जुङमा जताततै बम विष्फोट

काठमाडौं, १० मंसिर । रामेछापको खााँडादेवी गाउँपालिकामा जताततै शक्तिशाली बम विष्फोट भएको छ । खाँडादेवी गापा ७ मा चोप्राङ मावि र कृष्ण उमाविबाट १ किमीको फरकमा सिलिन्डर बम विष्फोट भएको छ भने चोप्राङ माबीबाट डेढ किलोमीटरको फरकमा विद्युतीय माइन बिष्फोट भएको छ । विष्फोट सँगै ठाउँ ठाउँमा प्रेसर कुकुर बमहरु भेटिएको छ । खाँडादेवी गाउँ पालिका कै १ र ९ मा पनि बुथ नजिकै विष्फोट भएको छ भने मन्थली नगरपालिका २ को बुथ नजिकै पनि टाइम बम फेला परेको छ । खाँडादेवी गाउँ पालिकामा भोट हाल्ने समय भन्दा ढाइ घण्टाको फरकमा दस दस मिनेटको फरक पारी शक्तिशाली बम विष्फोटभएको छ । गाउँपालिकाभरि बम नै बम भेटिएपछि मतदानस्थल भने सुनसान बनेका छन् । यसैगरी लम्जुङकोे गोर्जी गाउँपालिका ५, स्थित रहेको कामचोक बुथ केन्द्रमा बम विष्फोट भएको छ । मतदान शुरू हुनु भन्दा सुरक्षाकर्मीको घेरा भित्र बम विष्फोट भएको हो । घटनाबाट मानवीय क्षेति भने भएको छैन । उक्त घटना भएपछि मतदानस्थल भने सुनसान बनेका छन् ।
यसैगरी , सिन्धुपाल्चोक जिल्लाको लागर्चे मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । शनिबारदेखिको विवादका कारण सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका– ८ लागर्चे मतदान स्थलको क र ख दुवै बुथमा अझै मतदान सुरु हुन सकेको छैन । नेकपा एमाले–माओवादी केन्द्र र नेपाली काँग्रेस–राप्रपा लोकतान्त्रिकको गठबन्धनबीचको विवादका कारण मतदान सुरु हुन नसकेको हो । मौन अवधिमा प्रचार गरेको भन्दै एमाले–माकेका कार्यकर्ताहरुले राप्रपा अध्यक्ष तथा उम्मेदवार पशुपति शमशेर राणाकी छोरी देवयानी राणामाथि हातपातको प्रयास गरेका थिए ।