नेकपाका पोलिटब्युरो सदस्य वीरजंगलाई चर्को यातना !

२०७४ मंसिर ११ गते, सोमबार

काठमाडौं, ११ मंसिर । प्रहरीद्धारा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य न्द्रबहादुर चन्द ‘विरजंग’लाई चर्को यातना दिएको खुलासा भएको छ । गत शुक्रबार प्रहरीद्वारा गिरफ्तार गरिएका विरजंगलाई काठमाडाैंस्थित महाराजगंज प्रहरी तालिम केन्द्रमा राखिएकाे छ । नेकपा लुम्बिनी ब्युरो इन्चार्ज समेत रहेका चन्द्रबहादुर चन्द ‘विरजंग’लाई प्रहरीले आँखामा कालोपट्टी बाँधेर शारिरीक तथा मानसिक यातना समेत दिएको बुझिएकाे छ । महाराजगंजस्थित प्रहरीे तालिम केन्द्रमा राखेर नेता वीरजंगलार्इ त्यस्ताे यातना दिएकाे हाे ।
अाफ्नाे छाेरा भारतस्थित एक अस्पतालमा सिकिस्त बिरामी भएकाेले भेट्न जाने क्रममा उनलार्इ गिरफ्तार गरिएकाे थियो ।

प्रतिक्रियाहरु

[anycomment]