प्रचण्ड शैली : समवेदना दिन जानेलाई पार्टी प्रवेशको प्रचार !

२०७४ मंसिर ११ गते, सोमबार

काठमाडौं, ११ मंसिर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समवेदना दिन गएका नेपाली कांग्रेस चितवनका पूर्वसचिव तथा नेपालको सबै भन्दा पुरानो सहकारी बखान सहकारी संस्था भरतपुर १९ का अध्यक्ष मोहनसिंह लामा पार्टी प्रवेश भनेपछि हङ्गामा मच्चिएको छ । लामाले आज पत्रकार सम्मेलन गर्दै आफू पार्टी छोेडेर माओवादीमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गरेका छन् । उनले आफू कांग्रेसको बफादार कार्यकर्ता भएको ठोकुवा गर्दै आफ्नोबारेमा विपक्षी दल माओवादीले झुटा समाचार प्रकासित गरेकोमा निन्दा समेत गरेका छन् ।
केही दिन अघि लामासहित डेढ सय भन्दाबढि कांग्रेस कार्यकर्ता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिताउनका लागि माअ‍ोवादीमा प्रवेश गरेको भन्ने समाचार प्रकासित भएको थियो। ‘पुत्र शोकमा रहेको दाहाल (प्रचण्ड)लार्इ मानवियको नाताले सहकारी तथा आमा समुहका दिदिबहिनी सहित आफू समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुगेको र समवेदना दिई फर्कने क्रममा प्रचण्डले आएको बेला सहकारीका अध्यक्षलाई स्वागत गर्नु पर्यो खै खादा र टीका तयार गर्नु भन्नुभयो,’ लामाले घटनाबारे बताउँदै पत्रकारमाझ भने। ‘हामीले पनि सहकारीको अध्यक्ष भएको नाताले होलानी त भनी चुप लाग्यौं।उहाँले खादा र टीका लगाइदिनु भयोे र हात पनि मिलाउनु भयो। एउटा ग्रुप फोटो खिचौँ भन्नु भयोे र फोटो खिचिसकेपछि हामी हामी घरतिर फर्क्यौँ। एकछिनपछि साथिभाइहरुले लौ तपाईं त माओवादी प्रवेश गर्नु भएछ भनेर फेसबुक खोलेर हेर्नू भन्नु भयो। नभन्दै माओवादी प्रवेश गरेका गलत र झुट्टा समाचारहरु बाहिर आएछन्,’ समाचारबाट रुष्ट भएका लामाले बताए ।
‘हामीलाइ प्रचण्डको यस्तो घटिया काम देखेर घृणा लागेर आएको छ,’ उनले भने। शोकमा परेको व्यक्तिलाई भेट्न गएको कुरालार्इ कांग्रेस छोडी माओवादी प्रबेश गरेको भन्ने भ्रामक समाचार प्रती घोर आपत्ती र खेद ब्यक्त गर्दै आफू काङ्ग्रेसको बफादार कार्यकर्ता भएको र सदा आफू कांग्रेसमा नै रहेको कुरा दाहोर्याए।

प्रतिक्रियाहरु

[anycomment]