कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

२०७४ मंसिर १२ गते, मंगलवार

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट भएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर विस्फोट गराइएको प्रहरीले जनाएको छ । बम बिस्फोटवाट घरमा सामान्य क्षति भएको छ । झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै थिए। ठूलो क्षति पुर्‍याउन नभर्इ तर्साउन मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको भनार्इ छ। प्रहरीका अनुसार घरमा सुलती बम प्रहार गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]