पत्रकार हमाल र बास्तोला गिरफ्तार

२०७४ मंसिर १२ गते, मंगलवार

काठमाडौ, १२ मंसिर । प्रहरीले जनता टेलिभिजन पोखरा ब्यूरोका प्रमुख ओम हमल हमाल र पत्रकार रमाकान्त बास्तोलालाई गिरफ्तार गरेको छ ।
जनसंचार डटकमको संचालक/सम्पादक हमला र सोही अनलाइन र जनता टेलिभिजनमा काम गर्दै अाएका बास्तोलालाई मंगलबार दिउँसो कार्यालयबाटै गिरफ्तार गरेको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जानकारी दिए ।
क्रान्तिकारी पत्रकार सं‌गठन नेपालको केन्द्रीय सचिवालय सदस्य समेत रहेका हमाल र पत्रकार बास्तोको गिरफ्तारीप्रति अापत्ति जनाउँदै अध्यक्ष चलाउनेले तुरुन्त रिहाईको माग समेत गरेका छन् । पत्रकार बास्तोला रातो खबर साप्ताहिकका गण्डक ब्यूरो प्रमुख समेत हुन् ।

प्रतिक्रियाहरु

[anycomment]