केपि ओली सहभागी चुनावी सभा नजिक बम बिस्फोट

काठमाडौ, १२ मंसिर । ललितपुर जिल्ला स्तरीय चुनावी सभामा बम बिस्फोट भएको छ । वाम गठबन्धनले आयोजना गरेको लगनखेल चोकको चुनावी सभामा एमाले अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्न लाग्दा ठुलो आवाजमा बिस्फोट भएको थियो । चुनावी सभा छेउमा नै बिस्फोट भएपछि कार्यममा सहभागीहरुबीच भागदौ भच्चिएको सहभागीले बताएका छन् । बिस्फोट लगत्तै अहिले प्रहरीले घटनास्थललाई घेरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिदै जिप्रका ललितपुरले चुनाबी सभा छेउमा बिस्फोट भएको र आगो बलेको जनाएको छ । चुनावी सभामा सहभागीहरुलाई आयोजकले ट्याक्सीको टायर पड्केको भनेर शान्त पार्न खोजेका थिए घटनाबारे थप विवरण आउन बाकीँ छ ।