नेताको नाममा भोट हाल्नेलाई कालो मोसो र जुत्ताको माला

काठमाडौ, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा आफ्नो नेताको नाममा भोट खसेको पाइएपछि कारबाही गरेको छ । कालिकोटको मुम्रामा नेताको नाममा भोट हाल्ने कांग्रेस कार्यकर्तालाई नेकपाले कालो मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको छ । मंगलबार बिहान नेकपा कालिकोटका नेता आइटमको नाममा मतदान गर्ने कांग्रेसका स्थानीय कार्यकर्तालाई नियन्त्रणमा लिएर कालो मोसो र जुत्ताको मालासहित गाउँ परिक्रमा गराएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा मुम्राका स्थानीय रामबहादुर तिरुवाले बताए ।