काग्रेसका उम्मेदवार बम बिस्फोटवाट घाईते

२०७४ मंसिर १३ गते, बुधबार

काठमाडौँ, १३ मंसिर । उदयपुरको गढी गाउँपालीका वडा नम्बर ६ दनुवार बेसीमा माईन बम बिस्फोट भएको छ । काग्रेसका तर्फबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका उम्मेदवार नारायण बहादुर कार्कीलाई लक्षित गरि माईन बम बिस्फोट भएको हो । बिस्फोटमा परी उम्मेदवार कार्की सहित अन्य तीन जना घाईते भएको डिएसपि मेघराज अधिकारीले जानकारी दिए । उनका अनुसार उम्मेदवार कार्कीकै गाडीलाई लक्षित गरी माईन बम बिस्फोट गराईएको हो । बिस्फोटबाट गाडिमा पूर्ण रुपमा क्षति पुगेको छ । घाईतेहरुको अवस्था गम्भिर रहेकाले घटनास्थलमा एम्बुलेन्स पठाईसकिएको उनले बताए ।
अहिले सो क्षेत्रमा जिल्ला प्रहरी कार्यलय उदयपुरको प्रहरी टोलीका साथै ससस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको डिएसपि अधिकारीले जानकारी दिए । घटनास्थलमा अहिले उद्धार कार्य जारी छ । बम कस्ले र किन बिस्फोट गरायो भन्नेबारेमा जानकारी नआएको भन्दै उहाँले घटनाबारे अनुसन्धान भईरहेको बताए । थप बिबरण आउन बाकीँ छ ।

प्रतिक्रियाहरु

[anycomment]