उम्मेदवारको गाडीमा आगजनी

२०७४ मंसिर १४ गते, बिहीबार

काठमाडौं, १४ मंसिर । कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा बिहीबार आगजनी भएको छ । बिहान साढे ३ बजेतिर अज्ञात समुहले निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको हो ।
प्रहरीका अनुसार लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिरहेका थिए । आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरीले बताएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]