सेनाको टोलीद्वारा रकेट लञ्‍चका सेल निष्कृय

२०७४ मंसिर १५ गते, शुक्रबार

काठमाडौं, १५ मंसिर । आज विहान कञ्चनपुरको भिमदत्तनगर पालिका–५ वनगाउँमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । विहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तुको बारेमा जानकारी पाए लगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गई बम निष्कृय पारेको बताइएको छ ।
गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको बम जस्तो देखिने लामो दुरीसम्म मार हान्‍न प्रयोग हुने हतियारको सेल हुन सक्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]