कांग्रेस उम्मेद्धारको घरमा वम !

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका तर्फवाट प्यूठान जिल्ला प्रदेशसभा १ का उम्मेद्धार टेकप्रसाद भण्डारीको घरनजिकै वम फेला परेको छ। स्वर्गद्धारी नगरपालिका ३ भिंग्री जलुकेमा रहेको भण्डारीको घरको करिव ३०० मिटर दुरीमा वमजस्तै देखिने संकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय भिंग्रीवाट ईन्स्पेक्टर कमल रजौरेले जानकारी दिए । अहिले नेपालि सेनाको टोलि संकास्पद वस्तु फेला परेको उक्त स्थानम पुगेको छ।
‘उम्मेद्धारको घर र यसवरपर आवाज सुनिने गरि राखेको हुनसक्छ’ ईन्स्पेक्टर रजौरेले भन्नुभयो ‘म्यादि प्रहरी सहित विहान गस्ति हिडेको वेला उक्त वमजस्तो वस्तु देखेपछि हामिले आर्मिको डिस्पोजल टोलिलाई खवर गर्यौं। टोलि अहिले संकास्पद वस्तु फेला परेको स्थानमा आईपेगेको छ।’
टिफिनवाट टेवुल घडिमा तार जोडिएकाले टाईम वम हुनसक्ने उनले वताए ।