पौडेलको घरमा बम विस्फोट

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको निवास नजिकै बम विस्फोट गरार्इएको छ । तनहुँको शुक्कागण्डकी नगरपालिका गणपतेमा रहेको पौडेल निवासमा आज बिहानै अज्ञात समुहले बम प्रहार गरेको हो। बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज जोशीले जानकारी दिए। यसबारे अनुसन्धान भैरहेको प्रहरी प्रमुख जोशीले बताए।