मौसम बदली : विभिन्न भागमा हल्का वर्षा

२०७४ मंसिर २० गते, बुधबार

काठमाडौं, २० मंसिर । काठमाडौं उपत्यकामा हल्का पानी परेको छ भने हिमाली जिल्लाहरुमा हिमपात भएको छ । काठमाडौं र ललितपुरमा विहानै हल्का पानी परेको मौसम विभागले जनाएको छ । यस्तै पश्चिम नेपालका धेरैजसो हिमाली भेगमा हिउँ परेको छ । मनाङ जिल्लामा पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको बेला माथिल्लो क्षेत्रमा हिउँ परे पनि तल्ला बस्तीहरुमा हिउँ परेको भने यस वर्षकै पहिलो हो । मनाङका भ्राका, टंकी लगायत बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् । नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिउँ परेको छ । सुक्खा जमिनमा हिउँ परेपछि स्थानीयबासी बाली सप्रिने आशले खुसी भएका छन् । मौसम विभागका अनुसार अरब सागरको चक्रवातको असरका कारण नेपालमा हिउँ र पानी परेको हो । यसको प्रभाव बुधबारबाट बिस्तारै कम हुँदै गए पनि असर भने अझै केही दिनसम्म कायम रहने छ । निर्वाचनको दिन अधिकांश जिल्लामा बादल लागे पनि पानी भने नपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार