मतदान सुरु , ठाउ- ठाउमा बम बिस्फोट

काठमाडौं, २१ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मतदान सुरु भएको छ । ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि मतदान सुरु भएको हो । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ । काठमाडौंको नैकापकाे बिद्या मन्दिर मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् । विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । विस्फोट पछि लाइनमा बसेका मतदाताबीच केही समय भागदौड मच्चिएको थियो ।
यता मतदान सुरु भएसंगै कञ्चनपुरको वेदकोट नगरपालिका २ मा रहेको बैजनाथ उच्च मावि मतदान स्थल नजिकै बम भेटिएको छ । मतदान स्थल नजिकै बिहानै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मतदान केन्द्रबाट नजिकै बम रहेको हल्लाले मतदाता त्रसित बनेका छ्न । कञ्चनपुर प्रहरीका अनुसार मतदान स्थल भन्दा तीनसय मिटरको दुरीमा बम भेटिएको हो ।
यस्तै ,अछामको १ नम्बर निर्वाचन क्षेत्र अन्तरगत भागेश्वर मतदान केन्द्रको ३० मिटरमा शक्तिशाली बम भेटिएको हो । बम भएको थाहा पाएपछि मतदान केन्द्रमा लाइनमा बसेका मतदाता त्रसिद बनेका छन् । नेकपा एमालेका उपाध्यक्ष भीम रावल भोट हाल्न मतदान केन्द्र पुगिसकेपछि बम भेटिएको पत्रकार बताए । बमलाई सुरक्षाकर्मीले बमलाई डिस्पोजको तयारी गरिहेका छन् ।