चन्द्र संस्कृत केन्द्रमा बम बिस्फोट , मतदाता भागाभाग

२०७४ मंसिर २१ गते, बिहीबार

काठमाडौँ , २१ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा बम पड्काइएको छ। बम बिस्फोटपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्। प्रत्यक्षदर्शीले बम कसले पड्काइएको कसैलाई जानकारी नभएको बताए। उत्तरपट्टि रहेको आन्तरिक राजश्व कार्यलबाट बाम फालिएको हुनसक्ने अनुमान प्रहरीको छ। बम मतदान केन्द्रको पर्खालमा पड्किएको थियो।

प्रतिक्रियाहरु

[anycomment]