वैद्यको मुठ्ठीमा १३ हजार जनता !

२०७४ पुष ३ गते, सोमबार

काठमाडौं, ३ पुस । सिद्धान्तमा जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने र ब्याबहारमा चुनावलाई उपयोग गर्ने नीति लिएको क्रान्तिकारी माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुखै दखाउन नहुने गरि हार खाएको छ । निष्ठावान नेता मानिएका मोहन बैद्यले नेतृत्व गरेको सो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा धरौटी समेत बचाउन सकेन भने समानुपातिक तर्फ १३ हजार ९ सय ४२ भोट पाएको छ ।
। देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा मुठ्ठी चिन्ह लिएर चुनाव लडेको सो पार्टीका कुनैपनि उम्मेदवारले जमानत जोगाउन सकेनन् । २०७० सालको संविधानसभा चुनाव बहिस्कार गरेको बैद्य माओवादीले कार्यकर्ता पलायन रोक्न चुनावमा भाग लिने निर्णय गरेको थियो । मोर्चाको तर्फबाट एक सय ७ जनाको बन्दसूची पेश गरिएकोमा जनजाती महासंघका पूर्वअध्यक्ष डा ओम गुरुङ एक नम्बर सूचीमा थिए । तीन प्रतिसतको थ्रेस होल्ड सीमा नराखिएको भएपनि बैद्यको पार्टीले सांसद पाउने थिएन ।

प्रतिक्रियाहरु

[anycomment]