प्रदेश–१ को राजधानी धनकुटामा बनाउन धर्ना

२०७४ पुष ४ गते, मंगलवार

काठमाडौं, ४ पुस । प्रदेश नम्बर–१ को राजधानी धनकुटामा नै बनाउनुपर्ने माग गर्दै जनप्रतिनिधिहरुले मंगलबार काठमाडौंको माइतीघरमन्डलामा धर्ना दिएका छन् । धनकुटाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलगायत प्रदेश सांसदहरुसमेतले धनकुटामा राजधानी बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । धर्नामा उद्योगमन्त्री सुनीलबहादुर थापा पनि सहभागी थिए । थापाले पर्याप्त भौतिक पूर्वाधार भएको र प्रदेशका सबै जिल्लासँग सडक सञ्जाल जोडिएकाले धनकुटामा नै प्रदेश–१ को राजधानी तोक्नुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

[anycomment]