दुई हजारलाई लालपुर्जा

२०७४ पुष ४ गते, मंगलवार

काठमाडौं, ४ पुस । वर्षौंदेखि जग्गा भएपनि लालपुर्जाविहीन एक/एक नगरपालिका र गाउँपालिकाका दुई हजारजनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपुर्जा वितरण गरेका छन् । बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपुर्जाविहीनलाई लालपुर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए । बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपुर्जा वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुलाई गाउँठाउँमै पुगेर नापी टोली र मञ्चका पदाधिकारीले लालपुर्जा वितरण गरेको १ नम्बर नापी टोली प्रमुख तथा सर्वेयर उमेशलाल कर्णले बताए ।
मञ्चका अध्यक्ष सिनमाया गिरीले महोत्तरी जिल्लामा अहिले २१ हजार व्यक्ति भूमिहीन भएको तथा अहिले ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई पनि चाँडै मञ्च र नापी कार्यालयको सहयोगमा लालपुर्जा वितरण गरिने बताइन् ।- रासस

प्रतिक्रियाहरु

[anycomment]