ट्रम्पको सुरक्षा रणनीति आत्मघाती !

२०७४ पुष ५ गते, बुधबार

काठमाडौँ, ५ पुस । चीनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको नयाँ सुरक्षा नीति शित युद्धकालिन मानसिकताबाट आएको बताएको छ । उसले त्यसले अहिलेको आवश्यकतालाई पूर्ति गर्नेभन्दा पनि अमेरिकालाई क्षति पुर्याउने चेतावनी समेत दिएको छ । सोमबार सार्वजनिक गरेको नयाँ सुरक्षा रणनीतिबारे चीनको विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प शित युद्धकालिन मानसिकताबाट ग्रस्त रहेको भनेको छ । चीनले नयाँ सुरक्षा रणनीतिले अमेरिका आफैलाई क्षति पुग्ने चेतावनी समेत दिएको छ । त्यसैगरी रुसले पनि नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति आपत्ति जनाएको छ ।
ट्रम्पको सुरक्षा रणनीतिको दस्तावेज निकै औपचारिक रहेको छ र त्यसमा चारओटा मूल सिद्धान्तहरु रहेका छन् । जसमा मातृभूमिको सुरक्षा‚ अमेरिकी समृद्धिको प्रर्बद्धन‚ शक्तिमार्फत् शान्ति प्रदर्शन गर्ने र अमेरिकी प्रभावलाई विस्तार गर्ने रहेका छन् । ट्रम्पले यो रणनीति ल्याउन ११ महिना लगाएका छन् ।
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने उनको चुनावी वाचाको खाका पनि उनले प्रस्तुत गरेका छन् । साथै, आप्रवासी प्रवेशाज्ञा प्रणालीमा सुधार ल्याउनुपर्ने र त्यो मातृभूमिलाई जोगाउन आवश्यक रहेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु