ग्यास उद्योग आगलागीको छानविन गर्न समिति गठन
काठमाडाैं, ५ पुस । आज बिहान ६ बजेतिर वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागी भएको थियो । आगलागी सम्बन्धी छानविन गर्न एलपी ग्यास उद्योग संघले पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् । छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ ।
१० करेाड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ । ४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो । आगलागीमा एक दमकलसहित दुई जनाको मृत्यु भएको छ ।