अमेरिकाविरुद्ध मतदान गर्नेलाई ट्रम्पको धम्की

२०७४ पुष ६ गते, बिहीबार

काठमाडौं, ६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिने देशहरुको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन्े । उनले अमेरिकाबाट अर्बौं डलर सहयोग लिने तर अमेरिकाविरुद्ध नै मतदान गर्नेहरुलाई त्यत्तिकै नछाड्ने बताए ।
राष्ट्र संघमा अमेरिकाविरुद्ध मतदान गरे पनि फरक नपर्ने भन्दै उनले त्यस्ता मुलुकको सहयोग रोक्ने स्पष्ट पारे । अन्तर्राष्ट्रिय समुदायको आलोचनाका बीच हालै अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा संयुक्त राष्ट्र संघमा पुगेको प्रस्तावमाथि मतदान हुनुपूर्व ट्रम्पको चेतावनी आएको हो । राष्ट्र संघमा पुगेको प्रस्तावको मस्यौदामा अमेरिकाको नाम उल्लेख नगरी जेरुसेलमका विषयमा हुने कुनै पनि निर्णय रद्द गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु