चेलीबेटी खोज्न मोबाइल एप !

२०७४ पुष ८ गते, शनिबार

काठमाडौं, ८ पुस । हराएका, बेश्याबृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक मोबाइल एप सुरु गरिएको छ । माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमा नाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रुपमा जान लागेका, बेचविखनमा पर्न लागेका बालबालिका र चेलीबेटी तुरुन्त पत्ता लाग्नेछ ।
अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो । एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलीबेटी खोज्ने कार्य सहज हुने भएको हो । अन्तराष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मुल्य करिब १ मिलियन अमेरिकी डलर अर्थात १० करोड नेपाली रुपैंयाँ बराबरको भएको नाउट्रिकिट इन्क कम्पनीका प्रबन्ध निर्देशक प्रमुख कार्यकारी अधिकृत समीर पन्थीले जानकारी दिए । – राजधानी दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]