म्यादी प्रहरीहरुको माग जायज – प्रकाण्ड

काठमाडौं , ८ पुस । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कालीकोट जिल्लाको सदरमुकाम मान्म गोलीकाण्डका दोषिहरुमाथी कडा कारवाही गरि मृत्युवरण गर्ने विवेक ऐडीलाई शहिद घोषणा, उहाँका परिवारलाई राहतको व्यवस्था, म्यादी प्रहरीको पुर्व तोकिएको तलवको व्यवस्था र घाईतेको यथासक्य उपचारको व्यवस्था गर्न सरकारसंग जोडदार माग गरेका छन । प्रवक्ता प्रकाण्डले बिज्ञाप्ती जारी गर्दै गोलीकाण्डका विरुद्ध संघर्षरत म्यादी प्रहरीहरुले आफ्ना जायज माग सहित जारी राखेको संघर्षप्रति पार्टीले ऐकेवद्धता जायर गरेको समेत जनाएका छन । साथै उनले म्यादी प्रहरीहरुको तलव र सुविधाबारे देशैभरी उठिराखेको समस्याप्रति पार्टी गंभिर भएको बताउदै सरकारले विनाकुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव र सुविधाको यथासक्य व्यवस्था गर्न विशेष मागसमेत गरेका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “हिजो दिउँसो कालीकोट जिल्लाको सदरमुकाम मान्ममा म्यादी प्रहरी र जिल्ला प्रशासनबीच झडप भई घटेको घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) कथित संघ र प्रदेशको चुनावको नाममा भर्ति गरिएका म्यादी प्रहरीको तलवको विषयलाई लिएर जिल्ला प्रशासनसंग भएको विवादको क्रममा झडप हुँदा प्रहरीले चलाएको गोलीबाट कालीकोट जिल्ला सिप्खाना, रातखालका म्यादी प्रहरी जवान विवेक ऐडीको मृत्यु र दुई दर्जन भन्दा बढी घाईते हुनेगरि घटाईएको घटनाप्रति हाम्रो पार्टीको ध्यान गम्भिर रुपमा आक्रशित भएको छ । उक्त घटनाको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । मृतक विवेक ऐडीप्रति पार्टी भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ साथै उहाँका आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
२) मान्म गोलीकाण्डका दोषिहरुमाथी कडा कारवाही गरि मृत्युवरण गर्ने विवेक ऐडीलाई शहिद घोषणा, उहाँका परिवारलाई राहतको व्यवस्था, म्यादी प्रहरीको पुर्व तोकिएको तलवको व्यवस्था र घाईतेको यथासक्य उपचारको व्यवस्था गर्न सरकारसंग हाम्रो पार्टी जोडदार माग गर्दछ ।
३) गोलीकाण्डका विरुद्ध संघर्षरत म्यादी प्रहरीहरुले आफ्ना जायज माग सहित जारी राखेको संघर्षप्रति पार्टी ऐकेवद्धता जायर गर्दछ साथै जारी आन्दोलनप्रति समर्थन रहने कुरा समेत स्पष्ट गर्न चाहन्छ ।
४) म्यादी प्रहरीहरुको तलव र सुविधाबारे देशैभरी उठिराखेको समस्याप्रति हाम्रो पार्टी गंभिर भएको छ । सरकारले विनाकुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव र सुविधाको यथासक्य व्यवस्था गर्न विशेष माग गर्दछ । ”