पशुपति परिसरमा सवारी निषेध

२०७४ पुष ११ गते, मंगलवार

काठमाडौं, ११ पुस । आजदेखि पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो । धार्मिक स्थललाई सोही वातावरणमा रहन दिन पनि मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु परेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
पशुपतिनाथ मन्दिर विश्वकै हिन्दु धर्मावलम्बिहरुको तीर्थस्थल हो । यसलाई धार्मिक वातावरण कायमै राख्न पनि सवारी साधन प्रदेशमा रोक लगाइएको कोषको भनाई छ । एम्बुलेन्स, शवबाहनलाई भने मन्दिर परिसरमा जान रोक लगाइएको छैन । मन्दिरमा जाने तीर्थयात्रीहरुको सवारी साधनलाई मन्दिर परिसर बाहिरै पार्किङको व्यवस्था गरिएको छ । स्थानीयबासीहरुको हकमा भने वडा कार्यालयसँग समन्वय गरेर सवारी साधन पासको व्यवस्था मिलाइएको पनि कोषका सदस्य सचिव ढकालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]